काँग्रेसले आज विराटनगरमा चुनावी आमसभा गर्दै, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

File Photo

काठमाडौँ – नेपाली कांग्रेसले आज मोरङको विराटनगरमा चुनावी आमसभा गर्ने भएको छ।

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर उम्मेदवार छन्। कांग्रेसले साताव्यापी चुनावी आमसभा आजदेखि सुरू गर्दैछ। वैशाख २७ भित्र कांग्रेसले देशका १० सहरमा आमसभा गर्ने बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्