विदुर । जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोटमा दुइदिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । यही फाल्गुन २९ र ३० गते निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर संचालन गरिएको थियो । शिविरमा १९० जना मोतिबिन्दुका बिरामीहरूको शल्यक्रिया गरिएको छ ।
यसअघि तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोट र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटको आयोजनामा जिल्लाका विभिन्न ठाउँमा निःशुल्क आँखा शिविर संचालन गरि मोतिबिन्दुका बिरामीहरू खोजिएका थिए । फाल्गुन २१ गते श्री लच्याङ प्रा.वि, लच्याङमा, फाल्गुन २२ गते वडा कार्यालय बुङताङमा, फाल्गुन २५ गते श्री पञ्चकन्या मा.वि तिगाउँ बेलकोटगढीमा र फाल्गुन २६ गते ककनी -०४ रानीपौवास्थित सृजनशील युवा क्लबको भवनमा शिविर संचालन गरिएको थियो ।
तस्बिरहरु: