हेलम्बुको चनौटेमा रातो पुलको उद्घाटन, स्थानीयहरु खुसीयालीमा

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउपालिकाको चनौटेमा रातो पुलको उद्घाटन भएको छ । शनिबार गृहमन्त्री बालकृष्ण खाणले एक कार्यक्रमकाबीच उक्त पुलको उद्घाटन गर्नुभयो । पुल जडानको काम नेपाली सेनाले गरेको हो । पुल जडानको लागिमात्रै लगभग १ करोड खर्च भएको राष्ट्रिय विपद् जोखिम न्यनीकरण तथा व्यवास्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले उपहार खबरलाई जानकारी दिनुभयो । लगभग ४ कारोडको लागतमा सडक विभागले उक्त पुल खरिद गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार पुलको कुल लागत लगभग ५ करोड हो । मेलम्ची खोलामा गत असारमा आएको बाढीले थुप्रै पुलहरु बगाए पनि निर्माण सम्पन्न भएको यो पुल पहिलो भएको कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो । उहाँँका अनुसार यो पुल निर्माणले पाँचपोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकाका केही वडाहरु लाभान्वीत हुनेछन् । हेलम्बु क्षेत्रको लागि यो पुल लाईफलाइन भएको उहाँको भनाई छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्वागत मन्तव्य राख्नुभयो । छोटो समयमा नै पुल निर्माण सम्पन्न भएकोले जनताहरु खुसी भएको अध्यक्ष शेर्पाले बताउनुभयो । पुल निर्माणले वर्षातको समयमा पनि हेलम्बु सडक सञ्जालसँग जोडिने शेर्पाले बताउनुभयो ।

पुल निर्माण भएपछि हेलम्बुको वडा नम्बर १,२,३ जोड्ने पुल गत असारमा आएको बाढीले बगाएको थियो । यो पुलको निर्माण सम्पन्न भएर उद्घाटन भएसँगै मेलम्ची नगरपालिकाको वडा नं. ७, ८ पाचपोखरी गाउँपालिकाको वडा नं. १,२ लगायत विभिन्न वडाका नागरिकहरु लाभान्वित हुनेछन् ।

पुलको उद्घाटन भएपछि हेलम्बुका नागरिकहरु खुसी हुन थालेका छन् । पुल निर्माणले आवतजावतमा मात्र नभएर दैनिक उपभोग्य सामनहरु समेत ल्याउन सहज हुने स्थानियहरुको बुझाई छ ।

गत असारमा आएको बाढीले हेलम्बुको सडककको ठुलो हिस्सा बगाएको थियो भने कतिपय पुलपुलेसाहरु बगाएको थियो । अहिले हेलम्बुको मेलम्चीघ्याङ बाहेक सबै ठाउँमा सडक सञ्जालले पुनः जोडि सकेको छ । हेलम्बुको जनताको सहजताको लागि आफू अहोरात्र खटिरहेको र खटिरहने अध्यक्ष शेर्पाले प्रतिबद्धता समेत जनाए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्