सन्दिप बने क्रिकेट कप्तान

नेपाल क्रिकेट संघले नयाँ कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ । क्यानको बुधबार बसेको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तान र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गर्ने निर्णय गरेसँगै नयाँ कप्तानीको जिम्मेवारी लामिछानेलाई दिएको हो । नेपाल क्रिकेट संघले कप्तान मल्ल र  ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको छ ।

मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्र्याकमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्