कांग्रेसको झापा सभापतिमा देउकुमार थेवे निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसको झापा जिल्ला सभापतिमा देउकुमार थेवे निर्वाचित भएका छन् । आइतबार सार्वजनिक मतगणनाको नतिजाअनुसार थेवेल १७६५ मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी रामबहादुर कट्टेलले १५१५ मत ल्याएका हुन् ।

उपसभापतिमा केशवराज पाण्डे र शेरबहादुर भट्टराई निर्वाचित भएका छन् । सचिवमा नवीन विमली र कृष्ण हुमागाईं निर्वाचित भएका छन् ।

त्यस्तै उपसचिवमा कालेन्द्रप्रसाद राजवंशी र कमलप्रसाद भण्डारी निर्वाचित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्