‘ओमिक्रोन’को जोखिमका कारण अफ्रिकन महादेशका नागरिकलाई नेपाल प्रवेशमा रोक

काठमाडौँ – अफ्रिकन महादेशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिमका कारण गृह मन्त्रालयले आइतबार अफ्रिकाका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यागमन विभागले जनाएको छ ।

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ । सो भेरियन्टको रोकथामका लागी आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय समितीको बैठकमा पनि छलफल भएको छ । अफ्रिकाबाट आउने नेपाली पासपोर्ट बाहक र डिप्लोम्याटहरुलाई स्वास्थ्य मापदण्डअनुसार होटल क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको छ ।

हवाई मार्ग बाहेक अफ्रिकन मुलका नागरिकलाई स्थलमार्गबाट समेत प्रवेशमा रोक लगाउन सर्कुलर गरिएको विभागले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्