नेपालमा ‘ओमिक्रोन भेरिअन्ट’ को त्रास : आज सरकारी समन्वय केन्द्रको बैठक

FILE PHOTO

काठमाडौँ– कोरोना भाइरसको नयाँ प्रकार ओमिक्रोन भेरिअन्ट फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै थप निर्णय लिन आज कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसी को बैठक बस्दैछ ।

सरकारले दक्षिण अफ्रिका क्षेत्रबाट आउने हवाई यात्रुलाई अनिवार्य क्वारन्टीन राख्ने निर्णय गरिसकेको छ ।

नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सिधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई विमानस्थलमा अनिवार्य निगरानी, परीक्षण र क्वारेन्टिन राख्ने तयारी गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमणको जोखिम उच्च रहेको घोषणा गरेपछि विभिन्न देशहरूले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगाउनुका साथै निगरानी बढाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्