६ सय ग्राम अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं – चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब ६ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित धादिङ गजुरी गाउँपालिका–४ बस्ने २९ वर्षीय अर्जुन तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बा.३ ख २६८९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध ४ सय ५० ट्याब्लेट नाईट्रोभेट, १९ बोतल कोरेक्स सिरप, २५ एम्पुल डाईजेपाम, २५ एम्पुल नुफ्रिन र २५ एम्पुल फेनारगन सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन रत्ननगर नगरपालिका–११ बस्ने २२ वर्षीय समिर नेपाली र २८ वर्षीय सुरेश बिक रहेका छन् । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनीहरुले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मकवानपुर, राक्सिराङ गाउँपालिका–५ ठोप्लासीस्थित सडकबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा आइतबार राति प्रहरीले बरामद गरेको छ । चैनपुरबाट मनहरीतर्फ पैदल आउँदै गरेका अपरिचित व्यक्तिहरुले प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ २ वटा झोला फाली फरार भएपश्चात झोला जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्