प्रदेशसभा अधिवेशनको मतगणनाका क्रममा पौडल र देउवा पक्षबीच झडप, ५ जना घाइते

बुटवल – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा अधिवेशनको मतगणनाका क्रममा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।

प्रदेश नम्बर ३ (१) को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रबार राति मतगणना स्थलमा कांग्रेस कार्यकर्ताबीच एक आपसमा आक्रमण भएको हो ।

देउवा र पौडेल पक्षले प्यानल बनाएरै भएको निर्वाचनछि मतगणनास्थलमा आक्रमण भएको थियो । मतपरिणामको क्रममा पौडेल पक्षका पुरण श्रेष्ठले अग्रता लिएपछि मुखमा मास्क लगाएर गएका युवाको समूहले अचानक आक्रमण गरेको थियो ।

श्रेष्ठले उक्त समूहको आक्रमणबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर घाईते भएको जानकारी दिए । पन्तको नाकमा गम्भीर चोट लागेको र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको जानकारी दिए । मतगणनामा आफूले अग्रता लिँदै गरेको अवस्थामा एक हुल व्यक्ति मतगणनास्थलमा प्रवेश गरि जेनेरेटर बन्द गराएर आक्रमण सुरु गरेको उनले बताए ।

आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ । मतगणनामा हार्ने निश्चित भएपछि गृहमन्त्री बालकृष्ण खाँण समर्थकले आक्रमण गरेको श्रेष्ठले आरोप लगाए । आक्रमणको नेतृत्व तरूणदल रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरुङले गरेको उनको दाबी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्