आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरीका सईको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ – कोसी राजमार्गमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक (सई)को मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका–८ स्थित सेउती खोलानजिक राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा सई सन्तोष बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१ब २४३८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

राति ८ः४५ बजे दुर्घटना सोलुखुम्बु सोलुदूधकुन्ड गाउँपालिका–१ घर भएका बस्नेत गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस्नेत मोरङको डङ्ग्राहास्थित सशस्त्र प्रहरी बल बेस क्याम्पमा कार्यरत थिए । यस्तै, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा कारको ठक्करबाट बुधबार साँझ एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिँदा पैदल यात्री इलाम देउमाई नगरपालिका–६ का ३० वर्षीय आकाश लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्