१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा१८ वर्षीय किशोर पक्राउ

सिरहा – १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कल्याणपुर नगरपालिका-४ बैरिया बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरीले आफ्नै खेतमा एक्लै धान काटीरहेको अवस्थामा ती किशोरले जबरजस्ती करणी गर्नुका साथै १ थान मोबाइल, नगद ७ हजार ५ सय रुपैयाँ र ५ तोला बराबरको चाँदीको ब्रास्लेट १ थान समेत खोसी लगेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्