एमालेको पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी पुरा, देशभरबाट झन्डै ६ हजार प्रतिनिधि सहभागी हुने

काठमाण्डौ – नेकपा एमालेको असोज १५ गते भोलि शुक्रवारदेखि सुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी सकिएको छ ।

आज बिहीवार नेकपा एमाले विधान महाधिवेशन मूल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा पार्टीका मिडिया संयोजक खिमलाल भट्टराईले भोलि शुक्रवार १२ः१५ बजे पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलो राष्ट्रिय विधान महाधिवेशनको उद्घाटन गर्ने जानकारी दिए ।

उद्घाटनपछि तीन वटा प्रस्ताव पेस गर्ने र दोस्रो दिन (असोज १६ गते) समूहगत छलफल गरिने कार्यक्रम रहेको संयोजक भट्टराईले बताए । उनले विधान महाधिवेशनमा देशभरबाट झन्डै ६ हजार प्रतिनिधि सहभागी हुने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्