कमेडी च्याम्पियन सिजन २ को विजेता भरतमणी पौडेल

काठमाण्डौ– कमेडी च्याम्पियन सिजन २ को विजेता भरतमणी पौडेल भएका छन् । ताप्लेजुङका पौडेल शनिवार भएको फाइनल कार्यक्रममा विजेता बनेका हुन । यसैगरी विजेता बनेका भरतले उपाधिसँगै कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । त्यस्तै विक्की अग्रवाल दोस्रो बनेका छन भने सन्तोष थापा तेस्रो बनेका छन् ।

पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि चर्चामा आएका भरतले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेर चौतर्फी प्रशंसा पाएका थिए ।
कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटी’ बाट प्रसारण हुँदै आएको कार्यक्रमका निर्णायकमा हास्य कलाकारहरू सन्तोष पन्त र मनोज गजुरेल, चलचित्र निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा थिए ।

कमेडी च्याम्पिनको गएको संस्करणमा हिमेश पन्त विजेता भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्