नेकपा (एकीकृत समाजवादी) को नयाँ पार्टी कार्यालय उद्‍घाटन, मासिक भाडा ३ लाख

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को नयाँ पार्टी कार्यालय उद्‍घाटन गरिएको छ ।
अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान नयाँ बानेश्वरस्थित आलोकनगरमा पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।

पार्टी कार्यालय सञ्चालनमा आएको अवसरमा अध्यक्ष नेपालले जनतालाई दशथरी कुरा गरेर नअल्मल्याउने पनि बताए । उनले राष्ट्र र जनता नै पार्टीका गतिविधिको केन्द्रमा रहने बताए ।

‘कुनै पद प्राप्तिका लागि यो पार्टी गठन भएको होइन । देश र जनताप्रति समर्पित हुने हो । यही भावनाअनुसार अगाडि बढ्ने हो,’ अध्यक्ष नेपालले भने । उनले सबै सकरात्मक शक्तिसँग पार्टीले हातेमालो गर्ने र पाँच दलीय गठबन्धनलाई चुनावसम्म नै लैजाने बताए ।

एकीकृत समाजवादीको पार्टी कार्यालय रहेको घर तीन तले छ । अर्को निर्माणाधीन घर पनि भाडामा लिएइएको छ । एकीकृत समाजवादीका नेता बेदुराम भुसालले पार्टी कार्यालयको मासिक भाडा तीन लाख रुपैयाँ रहेको जानकारी दिए । पार्टी कार्यालय रहेको घर पूजा थापा बस्नेतको नाममा छ । नेता भुषालले घरबेटी आफ्नो पार्टीनिकट नरहेको बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्