त्रिवि अन्तर्गतका सबै कलेज/ क्याम्पसहरुमा आजदेखि भौतिक उपस्थितिमै सञ्चालन हुने

काठमाण्डौ – आजदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कलेज तथा क्याम्पसमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ । स्थानीय तहले तोकेको समय सीमा र मापदण्डभित्र रहेर त्रिवि अन्तर्गतका कलेज सञ्चालन गरिने जनाइएको छ ।

कोरोना महामारीको सम्भावित जोखिमबाट बच्न विशेष सर्तकता अपनाइ भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिने त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताउनुभयो । अहिले नेपालमा त्रिविको सम्बन्धन प्राप्त क्याम्पस एक हजार चार सय २५ वटा छन् जसमा एक सय ३७ आङ्गिक, पाँच सय आठ सामुदायिक र सात सय ८० निजी क्याम्पस सञ्चालनमा छन् ।​

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्