गौरीगंगामा बीमा सम्बन्धि अन्तरक्रिया

कैलाली –  स्थानीय निकाय तथा सरोकारवालाहरुसँग बीमा सम्बन्धि जनचेतनामूलक अन्तर्कृया कार्यक्रम गौरीगंगा नगरपालिकामा गरिएको छ ।
बीमा समितिको आयोजनामा नगरपालिकाका जनप्रतिनिधि, संघसंस्था, बीमा अभिकर्ता, उद्योग वाणिज्य संघका प्रतिनिधि लगाएतका सरोकारवालाहरुको सहभागी रहेका थिए । कार्यक्रममा बीमा समितिका उप-निर्देशक विरोध भट्टले बीमा समितिले हाल गरिरहेका कार्य तथा बीमाको आवश्यकता र महत्त्व, बीमा व्यवसायको किसिम, बीमाले गर्ने रक्षावरण, बीमा क्षेत्रका सरोकारवाला, जीवन बीमा दावी भुक्तानी सम्बन्धि व्यवस्था र निर्जीवन बीमाको दाबी भुक्तानी तथा बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सहभागीलाई जानकारी गराउनु भएको थियो ।

प्राविधिक कुराले बीमा स्थानीय माटो सुहाउँदो बनाउन विद्यालय तहबाट बीमा सम्बन्धि पाठ्यक्रम समाबेश गर्न आवश्यकता महसुस गरिएको उप-निर्देशक भट्टले बताएका थिए । बीमा गर्ने व्यक्तिबाट अपराध जन्य क्रियाकलाप गरि बीमा रकम पाउन घरपरिवार नै सिध्याउने घटना र अबैध सम्पत्तिलाई बैध बनाउने जस्ता कार्य भैरहेको भन्दै कम्पनीहरुले सजगता अपनाउनु पर्ने उप-निर्देशक भट्टले बताएका थिए ।
समितिका सहायक निर्देशक निश्चल बानियाँले सहभागीले राखेका जिज्ञासामा बीमाले गरेका व्यवस्था बारेमा जानकारी दिएका थिए । सर्तहरु सुरुमा बिमितलाई सुरुमै पुर्ण जानकारी दिई बीमा गर्नुपर्ने बानियाँले बताएका थिए ।

उद्योग वाणिज्य संघ नगर अध्यक्ष राजेन्द्र देवकोटाले बीमा गर्ने प्रक्रिया भन्दा दाबी भुक्तानी पाउने प्रक्रिया झन्झटिलो भएको भन्दै नियम अनुसार प्रमाण पुगेमा कार्यान्वयन सहज हुनुपर्ने बताउनुभएको थियो । व्यक्तिले जिवनमा आईपर्ने जोखिम सम्बन्धि आर्थिक पारिवारिक सुरक्षा प्रत्याभूत गर्न बीमा गर्ने गरेको तर यसबारे व्यापक प्रचारप्रसार जानकारी प्रबाहको आवश्यकता रहेको बताएका थिए ।
सुर्या लाईफ इन्स्योरेन्स कम्पनीका पहलमानपुर शाखा प्रमुख दधनसिंह धामीले हाम्रो चेतनास्तर कुनै एकजनाले गरेको कार्यको देखासिकि गर्ने परिपाटीले नेपालमा रोजगारीका अवसर सृजना हुन र जिवनशैलीमा परिवर्तन आउन नसकिरहेको भन्दै बीमा प्रति मानिसहरुको चासो नदेखिएको बताएका थिए । कार्यक्रम नगर प्रमुख भिमबहादुर देउवाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्