‘बाल्यकालको लालटिन’ (दोश्रो अध्याय​)

विवेक पन्त
शुक्लाफाँटा, कञ्चनपुर

मेरो बाल्यकाल केवल एक लालटिनको उज्यालो भन्दैमा सकिएको भने होइन यस्ता अनगिन्ती याद हरु मेरो बाल्यकाल सङ्ग जोडिएका छन। ती मध्य केही मस्तिष्कमा ताजै बसेका छन जस्लाइ सम्झिन मैले धेरै कसरत गरिरहनु पर्दैन, केही सम्झनामा धमिला भएर बसेका छन, बर्षौ सफा नगरेको एैना हेर्दा देखिने धमिलो अनुहार जस्तै । तेस्ता धमिला यादहरुलाइ फेरि शब्दमा सुन्दर रुपमा लेख्नका लागी अलि मेहेनत गरेर ती फोहोर भएका एैना सफा गरे जस्तै मेरो दिमाग लाई सफा गर्नुपर्नेछ तेसै गरि केही यादहरु खोज्न मस्तिष्क भित्र को लथालिङ्ग गोदामघरमा केही समय बिताएर खोज्नु पर्ने हुनसक्छ ।

लेख को कुरा गर्ने बितिकै शब्द र शब्द कोर्ने लेखक त स्वतह जोडिएकै हुन्छ।जसरी गितको कुरा गर्दा गायक, सुन्दर चित्रको कुरा गर्दा चित्रकार , कलाको बयान गर्दा कलाकार यस्तै यस्तै। फरक यति हो कोहि चर्चामा आउछन त कोहि गुमनाम हुन्छन ।
लेख र लेखक सङ्ग मेरो मात्र होइन ,बिगत देखि अहिले सम्म सबै केही न केही रुपमा जोडिएका छन। केही मिठा ईतिहासका कहानी बनेर त केही बिगतका याद बनेर, केही पुर्खाका निसानी बनेर त केहि बर्तमानका साथ बनेर, केही आफ्नै जिवनका कथा बनेर त केही भबिस्यका दर्पण बनेर ।

अहिले त सबै लेखक नै छन कोहि ज्ञान भएका लेखक कोहि अज्ञान भएका लेखक, कोहि इतिहासका लेखक त कोहि भबिस्य निर्माणका लेखक, कोहि उपन्यास,कथा,नाटक आत्मबृतान्तका लेखक त कोहि गित, चुट्किला,गजलका लेखक, कोहि याद कोर्ने लेखक त कोहि लेख्नै नजान्ने लेखक , हुदा हुँदै अहिले फेसबुक र टुइटरका भित्तामा चाहिने नचाहिने, हुने–नहुने, ज्ञान–बिज्ञान अनि अज्ञानका,सङ्स्कार–कुस्कारका लेख्ने अनेक किसिमका लेखक ।कोहि लेखनलाइ उचाइमा पु¥याएका लेखक त कोहि आफ्ना कुतर्कले बदनाम लेखक। यस्तै लेखक हरुको बिचमा म लेख्नै नजाने अज्ञानी,मूर्ख लेखक पनि उभिने मन लाग्यो। मूर्ख होइन पटमुर्ख भने पनि हुन्छ।

मेरो लेखन शुरु कहिले भयो स्मरण शक्तिमा ताजा त छैन तर जब सम्मको स्मरण छ काठका ठुटाको कलम बनाएर धर्तिमा माटाको मसिले कोरिरहेको सम्झन्छु,ती अक्षर कुन लिपिका हुन, तेस्को अर्थ , तेस्को बर्णमाला केही थाहा छैन । वास्तबमा भनौ भने त्यो शब्द दुनियाको कुनै भाषा वा लिपि हो वा होइन पनि थाहा छैन बस लेखेको थिए तेहि सम्झनामा छ। तेस्पछी पाटीमा खरी ले क, ख लेख्न सिकाएको अलि अलि सपना का दृष्य झै अस्पष्ट समझन्छु ।
बिस्तारै ठूलो हुँदै गए, पिठ्युमा पुस्तक अनि कापिका भार थपिदै गए, अनि स्कुलका होमवर्क लेख्ने लेखक भए, कहिले त्यो होमवर्क लेखकको जिम्मेवारी नगर्दा मुर्गा बनियो, कुटाइ पाइयो भनेर लेखेर म पाठकलाइ एक छिन भए नि हसाउन मन थियो तर अपसोच बाल्यकालमा मैले तेस्तो मौका पाइन र आफ्नो लेखमा तेस्ता कहानी लेख्ने सुबर्ण अवसर गुमाउन पुगे । स्कुलमा, अनि नेपालगन्जमा सब इन्जिनियरिङ गर्दा, सुप विश्वबिधालयमा इन्जिनियरिङ गर्दा होस या विभिन्न ठाउमा जागिर गर्दा धेरै लेखियो, नोट लेखियो, होमवर्क लेखियो, रिपोर्ट लेखियो, डाटा लेखियो, बेन्चमा नाम लेखियो, परीक्षा दिदा उत्तर लेखियो । परीक्षा दिदा नि कहिले चोराउदै लेखियो, कहिले चोरेर लेखियो तेहि क्रममा सुपबिबिमा एकपल्ट चोर्न खोज्दा परिक्षाबाट बाहिरिनु नमिठो अनुभव गर्नुप¥यो। तर त्यो पनि मेरा लागि एउटा जिवनको शिक्षा नै भयो । मलाइ थाहा छ कि मैले मेरा यस्ता गल्तिहरु सबै सामु राख्दा कतिले मलाइ आफ्नो गल्ती भन्ने पागल रहेछ पनि सोच्लान तर जब सम्म कसैले आफ्नो गक्ती स्विकार गर्न सक्दैन तब सम्म उस्ले भनेका कुरा सत्य हुन भनेर बिश्वास पनि गर्न सकिँदैन। यो कुरा हरेक क्षेत्रका, हरेक पेशाका सबैमा लागू हुन्छ। कुनै अज्ञात ले भनेका “every thing happens for something better” त्यो तितो पलपनि मेरो लागि ठूलो शिक्षा थियो ।

अनेक कुरा लेखे तर तेस्ता बकम्फुसे लाई के लेखे भन्नू के नलेखे भन्नू तर साहित्यको कुरा गर्दा ३–४ क्लासमा हुदा बाल कबिता लेखेको थिए। तेस्पछी कहिले काहीँ गजल र मुक्तक लेखिन्थ्यो तर डायरी मा सुरक्षित कहिलै राखेन कुनै प्रोगाममा भन्यो अनि उडायो । केहिका भिडियो टिकटकमा छन तेति हो । धेरै जनाले तारिफ गरे र गर्छन तर एकछिन त खुशी लाग्छ तर बढी दुखी बनाउछ किनभने ती र तेस्ता अनेक गजल हरु कति पल्ट कहिले प्रोगाम मा सुनाएर कहिले साथिलाइ सुनाएर डस्टबिनमा फालेका फोहोर झै फलिसकेको थिए । जस्लाइ म जस्ताका तेस्तै फेरि स्मरण गर्नै सक्तिन । तेस्तै धेरै उपन्यास, आत्मकथा, कथा, आदि पढ्दा मैले पनि लेख्न पाए किताब नलेखे नि केही शब्द जोड्दै वाक्य, वाक्य जोड्दै अनुच्छेद र केही अनुच्छेद जोड्दै केही अध्याय लेखे पनि लेख्ने रहर पूरा गर्ने रहर थियो भनेर सोच्थे । यो रहर कुनै लेखक बन्न थिएन वा भनौ आफुलाइ लेखकको उपनाम ले चिनाउनु पनि थिएन, आफू लेखक बनेर स्थापित हुनु पनि थिएन, केवल अरुका साहित्य पढेर खुशी हुने म आफ्नै पढेर मन आनन्दित गर्न चाह्न्थे, आफ्नै मनलाइ आफै खुशी पार्न चाहन्थे । तर खुशी हुन पनि सजिलो कहाँ छ बिश्वका नामी हरु या भनौ विश्व बिजेता हरु भनिएका ले पनि जीवन भर दौड्दा दैड्दै पाउन नसकेको खुशी पाउन कहाँ सजिलो छ र ? मैले पनि आफ्नै लेख पढ्ने खुशी तेति सजिलै पाउन सहज थिएन ।

‘खुशी’ पुस्तकमा बिजय कुमारले भनेझै अनेक पल्ट लेख्न चाहे, कहिले उपन्यास लेख्न चाहे, कहिले कथा, कहिले मोटिभेसनका लागि केही लेख्न चाहे तर अह केही पाना भन्दा बढी लेख्न नसकिने भयो । नाजायज सम्बन्धका कारण जन्म हुन नपाउदै फालिएका शिशुका भ्रुण झै मेरा मस्तिष्क बाट जन्मिन नपाउदै अनेकौ शब्दका भ्रुणहरु खेर गए । ती मध्य खेर जाने प्राय गजल र मुक्तक नै थिए । बिजय दाइले त १ बर्ष खेर फाल्नु भयो रे कयौ पाना खेर फाल्नु भयो रे । मैले दिमाग मै कोरेका कयौ कथा खेर फाले, आफ्नै कथा खेर फाले । केही लेख्न पनि कि धेरै खुशि हुनु पर्ने रहेछ, कि त धेरै दुखी हुनुपर्नेछ या त खुशी र दुखिको सिमाना नाघेर शुन्यतामा पुग्नु पर्ने रहेछ म तेहि शुन्यता बाट शुरुवात गर्न चाहे , दिमागमा केही नभएको बेला शुरु गरे, सोचेर होइन मनन गरेर , मैले यी लेख्न टाइप गरिरहदा मेरो दिमाग होइन मेरो मनले सोचिरहेछ, अनि भनिरहेछ लेख्न सबैले लेखक बन्नु पर्दैन रहेछ, पुस्तक छाप्न अनि प्रख्यात हुन मात्रै लेख्नु पर्छ भन्ने रहेनछ। लेखको मापन उत्कृष्ट वा निचले पनि हुने रहेनछ, लेखकलाइ कतिले चिन्छन वा सम्मान भनेर पनि हुने रहेछन । यस्तो मापन त कि त अन्तर्मनको खुशी ले हुने रहेछ कि त शुन्यता ले हुने रहेछ । मैले पनि “बाल्यकालको लालटिन“ शीर्षक राखेर पहिलो अध्याय तेहि शुन्यता बाट शुरु गरे। पुस्तक बनाएर छाप्नका लागि होइन फेसबुकका वालमै लेखे पनि शुन्यता मै आफै भित्र रमाउनका लागि लेखे ।

पहिलो अध्याय :-

‘बाल्यकालको लालटिन’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्