बालबालिकाका लागि ४० लाख डोज खोप खरिदका लागि सम्झौता, मार्च २०२२ सम्म नेपाल आईपुग्ने

काठमाडौं – सरकारले १२ देखि १७ वर्षका बालबालिका तथा किशोर किशोरीका लागि लक्षित गरी मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ । यो खोप मार्च २०२२ सम्म नेपाल आइपुग्नेछ ।

विश्व बैंकको वित्तिय सहयोगमा कोभ्याक्ससँग लागत साझेदारीमार्फत खरिद गरिने खोपका लागि खोप सम्बन्धित विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता भएको छ ।

यससँगै नेपाल कोभ्याक्ससँग लागत–साझेदारी विकल्प उपयोग गर्ने दक्षिण एसियाकै पहिलो बनेको छ ।
नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यो सहयोग समग्र कोभिड प्रतिकार्यको एक मुख्य अंश भएको बताएका छन् ।

कोरोना महामारी विरूद्धको स्वास्थ्य प्रतिकार्यका लागि विश्व बैंकले १०४ मिलियन डलर उपलब्ध गराएको छ, जसमध्ये ६७.५ मिलियन खोेप खरिद र विस्तारमा खर्च हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्