डीएसपीसहित ११ जनालाई कारबाही, दुई जनालाई बर्खास्तसहित अन्यलाई ग्रेड घटुवा

काठमाडौं – प्रश्नपत्र चोरीमा संलग्न ११ जनालाई कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालको यूएन शाखाभित्र भएको प्रारम्भिक छनौट परीक्षाको प्रश्नपत्र चोरीमा प्रत्यक्ष संलग्न ११ प्रहरीलाई बर्खास्तदेखि नसियतसम्म कारबाही गर्न सिफारिस गरिएको छ ।

गत १५ र १६ साउनमा तोकिएको परीक्षा हुनुअगावै प्रश्नपत्र बाहिरिएपछि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो सचिवालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनाएका थिए ।

प्रतिवेदनमा यूएन शाखामा कार्यरत प्रहरी परिचर सुरेश बम र साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाहलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । समितिले छानबिन थालेलगत्तै उनीहरुलाई पक्राउ गरेर नक्सालस्थित १ नम्बर गणमा राखेको थियो ।
उनका अनुसार प्रतिवेदनमा यूएन शाखामा कार्यरत प्रहरी परिचर सुरेश बम र साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाहलाई बर्खास्त गर्न सिफारिस गरिएको छ ।

दुई जनालाई बर्खास्तसहित अन्यलाई ग्रेड घटुवा, नसियत लगायतका कारबाही सिफारिस गरिएको छ

समितिका एक सदस्यका अनुसार डीएसपी रुपेश खड्कालाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ ।
प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले यसअघि दिइएको परीक्षा रद्द गर्ने भएको छ । यसैगरी यथाशीघ्र नयाँ परीक्षा गर्ने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्