जयपृथ्वी राजमार्ग अवरुद्ध

FILE PHOTO

बैतडी – लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिँदा सवारी आवतजावत अवरुद्ध भएको हो ।

सडक भाँसिएर भत्किएकोले बिहानदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । आइतबार बेलुकादेखि आंशिक रुपमा बन्द रहेको राजमार्ग आज बिहानदेखि पूर्ण रुपमा बन्द रहेको छ ।

भाँसिएको सडक भत्काएर किनारबाट पर्खाल लगाउने कार्य भइरहेको प्रवक्ता ओझाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“पर्खाल निर्माण गर्न दुई÷तीन दिन लाग्ने देखिएको छ, त्यसपछि मात्रै राजमार्ग सञ्चालनमा आउँछ ।”
राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका एक सयभन्दा बढी सवारीसाधन रोकिएपछि यात्रु अलपत्र परेका छन् ।

वर्षात्को समयमा पहिरोका कारण जयपृथ्वी राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्