काठमाडौंमा आज किन एक्कासी सडक जाम ?

काठमाडौं– कोरोना कहरका कारण यातायात पातलो भइरहेकाबेला बिहीबार भने काठमाडौंको रिङरोडमा अत्यधिक चाप छ ।

साना तथा ठूला गाडीहरु बिना यात्रु हर्न बजाउँदै कुदिरहेका छन् । निषेधाज्ञाका कारण आधाजसो गाडी चलिरहेकाबेला आज ग्यारेजका सबैजसो गाडी सडकमा निकालिएका छन् ।

कार्यालय समयमा भएको ट्राफिक जामले सर्वसाधारण र ट्राफिक व्यवस्थापन गरिरहेका सुरक्षाकर्मीलाई गाह्रो भएको छ ।

भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौंमा ¥याली निकालेका कारण आज सडक जाम भएको उपत्यका ट्राफिकले जनाएको छ ।

सार्वजनिक यातायात महासंघका उपमहासचिव केशव नेपालले २०६९ सालपछि वैज्ञानिक भाडा समायोजन नभएकाले आन्दोलन गरिएको बताउनुभयो । बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको गाडी ¥यालीले रिङरोड परिक्रमा गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्