१५ बैंकको सिष्टम ह्याक गर्ने धम्की, धम्की पठाउनेको खोजी गरिँदै

काठमाडौँ – विभिन्न १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की भाइबरमा पठाउनेको खोजी भइरहेको नेपाल राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले त्यस्तो धम्की दिनेको पहिचान गर्न आइटी डिपार्टका कर्मचारी खटिसकेको र प्रहरीको सहयोग जरुरत परेमा लिने बताए ।

‘भाइबरमा यस्ता फेक सूचना आएका रहेछन्, यस्तो काम गर्नेको खोजी भइरहेको छ,’ उनले भने, ‘कुनै ह्याकरले इमेल गरेको पनि होइन । यो त भाइबरमा आएको फेक धम्की हो । प्रहरीको सहयोगमा यस्तो सूचना पठाउनेको खोजी गरिँदैछ ।’

उनले ह्याकरले बाजा बजाएर ह्याक नगर्ने पनि बताए । ‘कसैले बाजा बजाएर सिष्टम ह्याक गर्ने हो र ? यसबाट आतंकित हुनु पर्दैन,’ उनले भने । भाइबरमा आएको मेसेजमा राष्ट्र बैंकसहित १५ बैंकको सिष्टम २४ घन्टाभित्र ह्याक गर्ने धम्की थियो ।

पोखरेलका अनुसार धम्की पठाउनेलाई पहिचान गरेर कारबाही गरिनेछ । नेपालको बैंक प्रणाली मजबुत रहेको र यस्ता धम्कीबाट डराउनै नपर्ने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्