खोप ल्याउन निगमको नयाँ तालिका, जहाज आज बेइजिङ उड्दै

FILE PHOTO

काठमाडौं– चीनसँग खरिद गरिएको ‘भेरोसेल’खोप ल्याउन दोस्रो पटक नेपाल वायु सेवा निगमको जहाज आज राती ११ बजे वेइजिङ उड्ने भएको छ । गत विहिबारनै खोप ल्याउन बेइजिङ उड्ने तालिका तय भए पनि चीनले तयारी नपुगेको भन्दै छ दिन रोक्न भने पछि बुधबार (आज) जहाज त्यसतर्फ जान लागेको निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले बताउनुभयो । निगमको बुधबार चार वटा डिपाचर हुने छ त्यसमा वेइजिङ पनि ११ बजे वाइडवडी ३३० बेइजिङतर्फ प्रस्थान गर्ने उहाँले बताउनुभयो । निगमले खोप ल्याउनका लागि बुधबार, विहिबार र शनिबारका लागि नयाँ तालिका तय गरेको छ ।

यस अघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो , भने भोलि सोही संख्यामा खोप ल्याउने जनाएको छ । सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले १७ हजार ६०० बक्स खोप एक पटकमा ढुँवानी गर्ने छ जसमा प्रतिवक्स ४६ डोज खोप हुनेछन् । सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत खोप ल्याएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्