पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमित थपिए, ९८४१ निको भए, ९६ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ८५५ जना सङ्क्रमित थपिएका छन् । २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्