सुनको भाउ तोलामा चार सय रुपयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ शुक्रबार तोलामा चार सय रुपैयाँले बढेको छ ।

सुन शुक्रबार तोलाको ७५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार र गएको बुधबार सुन तोलाको ७५ हजार दुई सय रुपैयाँ थियो । यस्तै चाँदी शुक्रबार तोलामा १० रुपैयाँ बढेर तोलाको आठ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्