नेपालले दियो चीनलाई एक लाख थान मास्क

काठमाडौं । नेपालले कोरोना भाइरससँग जुधिरहेको चीनलाई एक लाख थान मास्क सहयोग गरेको छ ।

मन्त्रिपरिषदको निर्णयअनुसार शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई मास्क हस्तान्तरण गर्नुभएको हो ।

कोरोना भाइरससँग लडिरहेको चीनलाई साथ दिन मास्क सहयोग गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउले कोरोना भाइरसको संक्रमणमा नेपाललगायत अन्तर्रा्ष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्वपूर्ण भएको बताउनुभयो । उहाँले यसबाट चिनियाँ नागरिक र नेतृत्वलाई थप ऊर्जा मिलेको पनि स्पष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्