कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित

FIle Photo

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण शुक्रवार बसेको प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर अवरोध गरेका हुन् । सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्ने्बित्तिकै बोल्दै नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले नेकपा नेतृत्वको सरकारले आफ्नालाई जोगाउँदै कांग्रेसका नेताहरुलाई सिद्याउने नीति सरकारले लिएको दाबी गर्नुभयो सरकारले अख्तियारलाई प्रयोग गरेर कांग्रेसमाथि प्रहार थालेको भन्दै विश्वकर्माले लालपूर्जा हातमा लिएर हिँड्नेलाई भने उन्मुक्ति दिएको आरोप पनि लगाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्