लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेका व्यवसायिक सटरमा डोजर

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको परिसरमा रहेका व्यवसायिक सटरमा डोजर चलाइएको छ । अस्पताल प्रसासनले पटक-पटक सुचना जारी गरि खाली गर्न आग्रह गरे पनि व्यवसायीहरुले अटेर गरेपछि अस्पताल प्रशासनद्वारा डोजर लगाइएको हो । प्रदेश नं पाँच सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई बिशिष्टिकृत अस्पतालका रुपमा बिकास गर्ने योजना अघि सारेपछि सामाजिक बिकास मन्त्रालयको निर्देशनमा सटरहरु भत्काइएको अस्पतालले जनाएको छ । प्रदेश सरकारले उक्त अस्पतालको बिशिष्टिकृत बिकाससँगै प्रदेश गौरवको आयोजनाको रूपमा अगाडि बढाउन थालेकोले अस्पताल परिसरका ७३ वटा व्यवसायिक सटरहरु हटाउने निर्णय भएको अस्पतालका मेडिकल सुपरिटेनडेण्ट डा. राजेन्द्र खनालले बताउनु भयो । शटरबाट बार्षिक करिब १० करोड आम्दानी हुने गेको थियो । तर अस्पतालको वार्षिक आम्दानी बराबरको रकम प्रदेश सरकारले अनुदान दिने श्रोतको ब्यबस्था निश्चित भएपछि ३ महिने अल्टिमेटम दिएर सटर हटाईएको मेसु खनालले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्