नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौँ – नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ ।
पछिल्लो २४ घन्टामा ९३०५ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोनाका बिरामीको संख्या १ लाख १ हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ७८६ पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ९३०५ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार २५२ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार ४४४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । यो सँगै ३ लाख १६ हजार ४६८ जना संक्रमण मुक्त (निको) भएका छन् । यो कुल संक्रमितको ७४.९ प्रतिशत हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्