कैलालीमा थप २७३ जनामा कोरोना पुष्टि

कैलाली – कैलालीमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५६४ नमूना परीक्षण गर्दा २७३ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमितमध्ये कैलालीको धनगढीका मात्रै ४४ जना रहेका छन् । यस्तै धनगढीबाहेक कैलालीका २०६ जना र अन्य जिल्लाका २३ जनामा संक्रमण पुस्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

हाल अस्पतालमा ४७ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । जसमध्ये ५ जना भेन्टिलेटरमा, २० जना आइसियूमा, २५ जना अक्सिजन सपोर्टमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ११ जना निको भई घर फर्किएका छन् भने थप ५ जना अस्पतालमा भर्ना भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा सेती अस्पतालमा थप ३ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्