बैतडीमा जीप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु , ६ जना घाइते

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिकामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउसो से १ ज १८३ नं को जिप पञ्चेश्वर गाउपालिकाकै वडा नं ६ को गणमेश्वर मोडमा दुर्घटना हुदा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय डम्मर सिह भण्डारी, ५० वर्षीय जित सिह भण्डारी, २७ वर्षीय हिक्मत भण्डारी र ४० वर्षीय दिपक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिपमा सवार ६ जना घाइते भएको प्रहरीले जनाएको छ । मृतक सबै वडा नम्बर–६ कै स्थानीय रहेको घटनास्थलमै रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनका अनुसार घाइते ६ जनालाई उपचारको लागि जिल्ला अस्पतात बैतडी ल्याइँदै छ ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिप दुर्घटनामा परेको हो । गए राती वडा नं ६ का वडा सदस्य गाबिन्द सिह भण्डारीको चट्याङ लागेर मृत्यु भएको थियो । उनको शव पोष्टमाटमको लागि जिल्ला अस्पताल ल्याउदै गर्दा जीप दुर्घटनामा परेको हो । घाइतेलाई हतारमा अस्पताल पठाइएकोले अवस्थाबारे अहिले भन्न नसकिने खड्काले बताए । जिपमा १० जना यात्रु सवार थिए । प्रहरीका अनुसार घटनाको कारण खुल्न सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्