कोरोनाका कारण सुदूरपश्चिममा मात्र ८ दिनमा ४३ जनाले ज्यान गुमाए

काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण आठ दिनमा ४३ जनाको ज्यान गएको छ । गएको शनिबारदेखि यो शनिबारसम्म गरी आठ दिनको अवधिमा ४३ जनाले ज्यान गुमाएका हुन् ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार ज्यान गुमाउनेमा सबैभन्दा बढी कैलाली र कञ्चनपुरका रहेका छन् । ज्यान गएका धेरैजसोमा कडा खालको निमोनिया रहेको पाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार कैलाली र कञ्चनपुरमा ८ दिनको अवधिमा १८÷१८ जनाको ज्यान गएको छ । डडेल्धुरा र अछामका २÷२ जनाको ज्यान गएको छ भने बैतडी, बझाङ र दार्चुलाका १÷१ जना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट ८४ जनाको ज्यान गइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्