कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्बिर

कञ्चनपुर– कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका दुईजना र दोधाराचाँदनी नगरपालिकाका एकजनाको बिहीबार मृत्यु भएको हो । भीमदत्त–१९ का २१ वर्षीय संक्रमित पुरुष र दोधाराचाँदनी–१ का ३० वर्षीय पुरुषको र एचडीयू युनिटमा उपचाररत भीमदत्ता–१८ की ३६ वर्षीया संक्रमित महिलाको पनि मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्