पछिल्लो २४ घण्टामा ४ हजार ८९७ जनामा संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा मात्रै दुई हजार बढीमा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनको क्रममा चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख १२ हजार ६९९ पुगेको जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा मात्रै दुई हजार ४७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा एक हजार ४६४ जना सङ्क्रमित पहिचान गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७७३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । सङ्क्रमित बढ्दै जाँदा र निको हुने कम हुँदा सङ्क्रमित निको हुने दर ८९.३ प्रतिशतमा झरेको छ ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् । मन्त्रालयले हाल ३१७ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा रहेको जनाएको छ । हाल ५४ जना क्वारेन्टिनमा र ३० हजार २०९ जना आइसोलेशनमा छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्