सर्वोच्च अदालतमा जरुरी प्रकृतिका रिट निर्वेदन दर्ता सुनुवाई बाहेक अन्य काम बन्द

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निर्वेदन दर्ता सुनुवाई गर्ने बाहेक अन्य कामकारबाही बन्द हुने बताएको छ ।
सर्वोच्चले आज एक विज्ञप्ती गर्दै बैशाख १५ गते देखि दुई हप्ता सम्मको लागि सेवा बन्द गर्ने निर्णय गरेको हो । यसको साथै उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधिकरणहरुको हकमा स्थानीय परिस्थिति एमं जोखिमको अवस्थाको मूल्यांकनको आधारमा उपयुक्त देखिएको सेवा प्रवाहको व्यवस्था समबन्धित अदालत तथा न्यायाधिकरणहरुले मिलाउने बताइएको छ ।

जारी विज्ञप्तिमा काम सेवा प्रवाह स्थगन भएका अबधिका मुद्वा, रिट तथा निवेदनहरुमा रहेका हदम्याद, तारेख नगुज्रने उल्लेख छ । विद्यमान परिस्थितीको मूल्याङकन गरी बैशाख ३१ गते बैठक बस्ने समेत बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्