कोरोनाबाट थप १८ जनाको मृत्यु, ४५२४ संक्रमित, काठमाडौंमा उपत्‍यकामा मात्रै १९६६, बाँकेमा पनि ५०० बढीमा पुष्टि

काठमाडौं । नेपालमा कोरोनाभाइरसका चार हजार तीन सय ६४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार ६७२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ३६४ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो ।

पछिल्लो चौबीस घण्टामा एक हजार नौ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १६० मा पोजिटिभ पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्‍यकामा  १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै बाँकेमा पनि ५१५ जनामा संक्रमण पुष्टि भएको छ भने रुपन्देहीमा ३८३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै दाङमा २३० जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ । यस्तै मृतकको संख्या ३ हजार १९४ पुगेको छ ।  हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५५५ जना सङ्क्रमित निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ७८ हजार ५०६ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । सङ्क्रमित निको हुने दर ९०.५ प्रतिशतमा झरेको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ ।  हाल २६ हजार २२५ जना आइसोलेशनमा र ५८ जना क्वारेन्टिनमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्