नेपाल वायु सेवा निगम नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा कम्पनी

काठमाण्डौ – नेपाल वायुसेवा निगम नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा कम्पनी घोषणा भएको छ ।

बुधबार काठमाण्डौमा एक कार्यक्रमका बीच नेपाल वायुसेवा निगम भ्रमण वर्षको आधिकारिक वायुसेवा घोषणा भएको हो । सम्झौतामा निगमका तर्फबाट संस्थागत विभागका निर्देशक अर्चना खड्का र सचिवलायका सदस्य सचिव बच्चु नारायण श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार नेपाल वायुसेवा निगमलाई नेपाल भ्रमणवर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको छ । भ्रमण वर्ष सफल पार्न दुवै संस्थाको वेबसाइटलाई होम पेजको रुपमा प्रयोग गर्नेछन् ।

नेपाल भ्रमण वर्षका अवसरमा सचिवालयका तर्फबाट प्रकाशित हुने ब्रोसर र म्यागजिनमा निगमको लोगो समावेश गरिनेछ साथै सचिवालयका तर्फबाट आयोजना गरिने समारोहमा पर्यटन प्रवद्र्धनलाई मद्दत पुर्‍याउने निगमद्वारा तयार पारिएको भिडियो प्रदर्शन गरिनेछ ।

यसका अतिरिक्त निगमको अन्तर्रा्ष्ट्रिय उडान भएका मुलुकहरुमा सचिवालयले आयोजना गर्ने समारोहमा निगमलाई सहभागी गराइने निगमले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्