रुसी राष्ट्रपति पुटिनले कानुन सुधारको घोषणा गरे, प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान् संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदभेदेवले राजीनामा दिनुभएको छ । सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसदलाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको छ ।

प्रधानमन्त्री मेदभेदेवले राष्ट्रपतिको कदमलाई सहयोग पुगोस् भनेर आफूले राजीनामा दिएको बताएका छन् । प्रधानमन्त्री मेदभेदेवले भन्नुभएको छ, ‘वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा मैले पदबाट राजिनामा दिएको छु । हामीले राष्ट्रपतिलाई सबै आवश्यक कदम चाल्ने सम्भावना प्रदान गर्नुपर्दछ ।’

टेलिभिजनमार्फत् भएको सम्वोधनमा मेदभेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री मेदभेदेवका अनुसार कानून सुधारका आगामी सबै निर्णय अब राष्ट्रपति पुटिनले लिनेछन् ।

राष्ट्रपति भ्लादिमीर पुटिनले नयाँ सरकार नबनाएसम्म सरकार प्रमुखको रूपमा काम गरिरहन मेदभेदेवलाई आग्रह गरेका छन् । ‘मैले प्रधानमन्त्रीका रूपमा तपाईँले गरेका सबै कुराका लागि तपाईँलाई धन्यवाद दिन चाहन्छु, यस क्रममा उपलब्धि हाँसिल गरेका नतिजाहरूप्रति आभारी छु,’ पुटिनले भनेका छन् । पुटिनले सुरक्षा परिषद्को उपप्रमुखको पद पनि प्रस्ताव गर्दै त्यसका लागि नेतृत्व लिन मेदभेदेवलाई सुझाव दिएका छन् ।

एक हप्ता पहिले पुटिनले संसदको भूमिका सुदृढ पार्ने रूसको संविधानमा सुधारको प्याकेजमा जनमत संग्रहको प्रस्ताव गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्