शुक्रबार देखि पशुपतिनाथमा पूजाआजा गर्न नपाइने

काठमाडौँ – कोरोना भाइरसका संक्रमित वृद्धि भएसँगै पशुपति मन्दिरमा पूजाआजाका लागि भक्तजनलाई रोक लगाइएको छ ।

शुक्रबारदेखि लागू हुने गरी अर्को व्यवस्था नहुन्जेल भक्तजनले पशुपतिनाथमा पूजाआजा गर्न पाउने छैनन् ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलनकुमार थापाले सूचना जारी गरेर पशुपतिनाथलगायत मन्दिरमा नित्य पूजाबाहेक अन्य पूजा नहुने जनाएका छन् ।

‘पशुपतिनाथ मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने व्यवस्था गरिएको छ,’ सूचनामा भनिएको छ । सरकारले भिडभाड हुने क्षेत्रमा भिड नियन्त्रण गर्न अनुरोध गरेको थियो ।

आज नेपालमा दुई हजार चार सय २८ जनामा कोरोना देखिएको छ भने पाँच जना संक्रमितको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्