योहो टेलिभिजन एचडीको युट्युव च्यानल ह्याक, च्यानल ह्याक गर्नेलाई कारवाहीको माग

काठमाडौँ– योहो टेलिभिजन एचडीको युट्युव च्यानल बन्द भएको छ । प्राविधिक समस्या आएपछि टेलिभिजनको आधिकारिक युट्युव च्यानल बन्द भएको टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारीले जानकारी दिए ।

बुधबार बेलुकी ८ बजेपछि युट्युवमा अकस्मात प्राविधिक समस्या आएपछि दर्शकले हेर्न नपाउने अवस्था बनेको भण्डारीले बताए । अहिले युट्युवमा योहो टेलिभिजन सर्च गर्दा आधिकारिक च्यानल फेला पर्दैन ।

युट्युव च्यानलमा आएको समस्याबारे अध्ययन गरिरहेको टेलिभिजनको आइटी टीमले जनाएको छ । टीमले टेलिभिजनको युट्युव ह्याक भएको भन्दै यसलाई फिसिङको संज्ञा दिएको छ । यो रिकभर हुन अझै केही दिन लाग्ने टेलिभिजनमा प्राविधिक सहयोग गर्दै आएको कम्पनी एपहरुका सीईओ टुरुप संग्रौलाले जानकारी दिए ।

यसैबीच मिडिया अलाइन्स नेपालले टेलिभिजनको युट्युव च्यानल ह्याक गर्नेलाई कारबाहीको माग गरेको छ । मिडिया अलाइन्सले एक विज्ञप्ति जारी गर्दै गैरकानुनी कार्यमा संलग्न व्यक्ति तथा संस्थालाई तत्काल छानबिन गरी कारबाही गर्न माग गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्