देशभर थप १ हजार २ सय ८१ जना कोरोना संक्रमित थपिए, काठमाडौँ उपत्यकामा मात्रै ६३४ जनामा संक्रमण

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५०५ जना, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार मात्रै देशभर थप १ हजार २ सय ८१ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ७२५४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५५ रहेको छ । कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्