लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौँ – लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरुलाई शपथ दिलाएका हुन् । नयाँ मन्त्रीहरुमा विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी, कल्पना पाण्डे रहेका छन् । उनीहरु जसपाका सांसद हुन् ।

सोमबार सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।

सोमबार आफुविरुद्ध ४१ जना सांसदले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गरेको केही बेरमै मुख्यमन्त्री पोखरेलले जसपाका सांसदहरुलाई मन्त्रीमा समेटेका हुन् ।

अविश्वास प्रस्ताव दर्ता भएपछि माओवादीका दुई जना मन्त्रीले सोमबारै राजीनामा गरेका थिए । माओवादीका कुलबहादुर केसी र सुदर्शन बरालले मन्त्रीबाट राजीनामा दिएपछि मुख्यमन्त्रीले जसपाका सांसदलाई मन्त्री बनाएका हुन् ।

विजय,सन्तोष र सुमनले अविश्वास प्रस्तावमा समेत हस्ताक्षर गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्