दैलेखमा बस पल्टिँदा ११ जना घाइते, २ को अवस्था गम्भिर

काठमाडौँ – दैलेखमा बस पल्टिँदा ११ जना घाइते भएका छन् । दैलेख–काठमाडौं चल्ने ना ७ खा ६९६३ नम्बरको रात्री बस दैलेखको गुराँस गाउँपालिका–४ गाईबान्ना भन्ने ठाउँ नजिकै पल्टिएको हो ।

बसमा सवार २९ जनामध्ये ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीका अनुसार घाईतेमध्ये २ जनाको अवस्था गम्भीर छ । घाइतेहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ ।

शनिबार बेलुका काठमाडौंबाट छुटेको उक्त बस आज दिउँसो करिब साढे १ बजेतिर दुर्घटना भएको हो । गाडी अनियन्त्रित भएर पल्टिएको प्रहरीको अनुमान छ । बसका चालकलाई नियन्त्रणमा लिइएको छ ।

बस बीच बाटोमै पल्टिएकाले सवारी जाम भएको र खुलाउनका लागि प्रयास भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्