पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल सात महिना पछि सर्‍यो

FILE PHOTO

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल कार्य सात महिना पछि सरेको छ । भूगर्भ विभागले गत तिहारपछि ड्रिल गर्ने योजना बनाए पनि कोरोना महामारीका कारण काम सुरु भएको थिएन । वर्षा लागेपछि ड्रिल गर्न नसकिने भएकाले आगामी तिहारपछि मात्र ड्रिलको काम सुरु गर्ने योजना रहेको विभागका उपनिर्देशक सुधिर रजौरेले जानकारी दिए । पेट्रोलियम पदार्थ अन्वेषण र अध्ययन गरिरहेको चाइना जिओलोजिकल सर्भेका सदस्यहरू छ महिनाअघि नेपाल आउने तयारी थियो ।

स्थलगत अध्ययनका लागि अहिले पनि आउने तयारी भइरहेको रजौरेले जानकारी दिए । ड्रिल गर्नुपूर्व एक पटक स्थलगत अध्ययन हुने उनको भनाइ छ । ड्रिल सामग्री पनि चीनबाट ल्याउन पर्ने भएकाले ढिलाइ भइरहेको विभागले जनाएको छ । गत मङ्सिरदेखि ड्रिल सुरु गर्ने बताएको विभागले कोरोना भाइरसका कारण मङ्सिरमा सम्भव नभएको भन्दै फागुनदेखि ड्रिल गर्ने बताइएको थियो तर अब भने फेरि आगामी मङ्सिरबाट ड्रिल गरिने छ । लामो समयको बन्दाबन्दीका कारण ड्रिल गर्ने औजार ल्याउन नसकिएको विभागले जनाएको छ । अध्ययन टोलीले ड्रिल गर्ने स्थानको पहिचानसहितको प्रतिवेदन विभागलाई पठाइसकेको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्