कोहलपुरमा बस र टिपर ठोक्किँदा पाँच जनाको मृत्यु, सात जना गम्भीर घाइते

काठमाडौं – बाँकेमा बस र टिपर ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक भएको दुर्घटनामा सात जना गम्भीर घाइते भएका छन् ।

सुर्खेतबाट धरान जाँदै गरेको बस शुक्रबार साँझ पौने ६ बजेतिर टिपरसँग ठोक्किँदा पाँच जनाको मृत्यु भएको हाे । दुर्घटनामा घाइते भएकाहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको अनटेष्ट टिपर आपसमा ठोक्किएका थिए । दुर्घटनामा टिपरका चालकसहित दुईजना र बसमा सवार तीनजना गरी पाँच जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृत्यु हुनेमा बांके कोहलपुर नगरपालिका १२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर १३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत सापाखानी ७ का ४१ वर्षीय जीवनकुमार विक र झापा मेची नगरपालिका १० का ४५ छत्रबहादुर कटवालकोसहित एक महिला छन् । अन्यको अझै पहिचान खुल्न सकेको छैन । घटनाको प्रकृति र प्रारम्भिक अनुुसन्धानमा दुबै साधन तीब्र गतिमा रहेका कारण दुर्घटनामा भएको हुन सक्ने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्