नेपालका लागि भारतीय राजदूतमा विनय मोहन क्वात्रा नियुक्त, अब यस्तो हुनेछ नेपाल भारत सम्बन्ध

काठमाडौँ । नेपालका लागि नयाँ भारतीय राजदूतमा विनय मोहन क्वात्रा नियुक्त भएका छन् । भारतको मन्त्रीपरिषद्को बैठकले क्वात्रालाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

विनयलाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । विनय यसअघि फ्रान्सको राजदूत भइसकेका छन् ।

गत डिसेम्बरमा कार्यकाल पूरा गरी स्वदेश फर्किएका भारतीय राजदूत मञ्जिभसिंह पुरीको जिम्मेवारी विनयलाई दिइएको हो ।

३० वर्ष भारतीय विदेश सेवामा कार्यरत विनयले प्रधानमन्त्रीको कार्यालयमा सहसचिवका रुपमा तथा विदेश मन्त्रालयमा नीति योजना तथा अनुसन्धान महाशाखामा समेत काम गरिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्