राजीनामा नदिने उपसभामुखको अडान, नेकपाले संसद बन्धक बनाएको प्रतिपक्षको आरोप

उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा नदिने बताउनुभएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखका लागि उम्मेदवार यकिन गरी निर्वाचनका लागि अनुरोध नगरेसम्म उपसभामुख पदबाट राजिनामा नदिने बताउनु भएको हो ।

विभिन्न सचार माध्यामसंग सोमबार कुराकानी गर्दै उहाँले भन्नुभयो, “सभामुख रिक्त नहुने संविधानको परिकल्पनालाई ग्रहण गर्नुपर्छ, जबसम्म दलले उम्मेदवार टुङ्ग्याएर अगाडि सार्दैन, त्यतिबेलासम्म उपसभामुखले राजीनामा गरेर प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाएर छाड्ने पक्षमा म छैन ।”

उपसभामुख तुम्वाहाङफेले नेकपाको सचिवालयले उपसभामुखबाट राजीनामा दिन आग्रह गरी पठाएको पत्रसमेत बुझ्न अस्वीकार गर्नुभएको छ । अझै पनि केही समय राजीनामा गर्ने पक्षमा आफू नरहेको बताउँदै उपसभामुख डा. तुम्बाहाङफेले भन्नुभयो, “दलले उम्मेदवार अघि बढाइसकेपछि प्रतिनिधिसभाको बैठकमा सभामुखको निर्वाचन प्रक्रियालाई अघि बढाउने सन्दर्भमा राजीनामा दिन्छु, संविधानले दिएको डयुटी मैले पूरा गर्नुपर्छ”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्