सुदूरपश्चिमका ३ सहित देशका ३२ पालिकामा औद्योगिक ग्राम बन्ने, सबैभन्दा बढी गण्डकी प्रदेशमा

काठमाडाैँ,  घरेलु तथा साना उद्योगमा लगानी आकर्षित गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले देशका ३२ पालिकामा औद्योगिक ग्राम बनाउने सम्झौता भएको छ ।

सम्झौता अनुसार संघीय सरकारले औद्योगिक ग्राम बनाउने पालिकाहरुलाई ९२ लाख रुपैयाँका दरले अनुदान दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित पालिकाहरुबीच मंगलबार समझदारी पत्रमा हस्ताक्षर र चेक हस्तान्तरण भएको छ ।

समझदारी पत्र अनुसार पालिकाहरुले आफ्नै स्रोतबाट १५ दिनभित्र औद्योगिक ग्रामका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययन कार्य सुरु गरी तीन महिनाभित्र सोको स्वीकृत प्रतिवेदन मन्त्रालयमा बुझाइसक्नुपर्ने छ । पालिकाका प्रमुख प्रशासीय अधिकृतहरु औद्योगिक ग्रामको फोकल पर्सन तोकिएका छन् । पालिकाहरुले डीपीआर बनाउंदा औद्योगिक ग्राम घोषणा तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७५ को मापदण्ड अनुसार सेवा सुविधा उपलब्ध हुने आधारमा तथा वातावरणीय संवेदनशीलता र जियो हाजार्डयुक्त क्षेत्रको पहिचान गरी आधार नक्सा तयार गर्नुपर्ने छ ।

 औद्योगिक ग्राम बन्ने देशका ३२ पालिकाकाे नामावली यसप्रकार छ । 

प्रदेश – १

  • धरान उपमहानगरपालिका

प्रदेश – २

  • धनगढीमाई नगरपालिका
  • सबैला नगरपालिका
  • लाहन नगरपालिका

प्रदेश – ३

  • भरतपुर महानगरपालिका
  • धुलिखेल नगरपालिका
  • थाहा नगरपालिका
  • पाँचखाल नगरपालिका
  • भीमेश्‍वर नगरपालिका

गण्डकी प्रदेश

  • वालिङ नगरपालिका
  • पुतलीबजार नगरपालिका
  • राइनास नगरपालिका
  • बाग्लुङ नगरपालिका
  • बिहादी गाउँपालिका
  • आँबुखैरेनी गाउँपालिका
  • सिरानचोक गाउँपालिका
  • ऋिसिङ गाउँपालिका
  • सहिदलखन गाउँपालिका
  • ताराखोला गाउँपालिका
  • अर्जुनचौपारी गाउँपालिका

प्रदेश – ५

  • तुलसीपुर उप-महानगरपालिका
  • सुनवल नगरपालिका
  • रामपुर नगरपालिका
  • सैनामैना नगरपालिका
  • तिलोत्तमा नगरपालिका
  • तानसेन नगरपालिका
  • खजुरा गाउँपालिका

कर्णाली प्रदेश

  • पञ्चपुरी नगरपालिका
  • त्रिपुरासुन्दरी नगरपालिका

सुदूरपश्‍चिम प्रदेश

  • पुनर्वास नगरपालिका
  • मेलौली नगरपालिका
  • बेलौरी नगरपालिका

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्