संघीय संसद्को सिको गर्दै स्थानीय तहहरु

संघीय संसद् बैठक सञ्चालनको शैलीमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले गाउँँसभा बैठक आयोजना गरेको छ ।

सोमबार दिउँसो २ बज्न लागेको थियो । बैठक कक्षमा राष्ट्रिय धुन बज्दा सबै आ आफ्नो आसनबाट उठे पछि बैठक प्रारम्भ भयो । गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठलाई गाउँपालिका अध्यक्ष तथा गाउँसभाध्यक्ष गीताकुमारी गुरुङले संशोधित आर्थिक विधेयक २०७६ सभामा प्रस्तुत गर्न अनुमति दिनुभयो ।

विधेयकलाई पालिका सदस्य बलराम त्रिपाठीले समर्थन जनाउनुभयो । विधेयकमाथि केही सदस्यले आफ्नो धारणा तथा सुझाव राखेका थिए ।

अध्यक्ष गुरुङले विधेयकलाई निर्णयर्थ प्रस्तुत गर्दै विधेयक पक्षमा हुन्छ भन्नेले हुन्छ भन्नुहोस् विधेयकको विपक्षमा हुन्न भन्नेले हुन्न भन्नुहोस् भने । सदस्यले हात उठाएर हुन्छ भने ।

सबैले हात उठाएर सहमति जनाएपछि गाउँसभाध्यक्ष गुरुङले हुन्न भन्ने आवाज नआएकाले विधेयक सम्मानित सभाबाट पास भएको घोषणा गर्नुभयो । सबै सदस्यले ताली बजाइ विधेयक पारित गर्नुभयो ।

यसैबीच अन्य विधेयक सम्बन्धित विषयका संयोजकबाट क्रमशः प्रस्तुत भयो । ती विधेयकलाई क्रमशः सोही प्रक्रियामा अघि बढाइयो । गाउँपालिकामा व्यवस्थापिका संसद्कै शैलीमा गाउँसभा बैठक आयोजना गरिएको पहिलोपटक भएको बताइन्छ ।

प्रस्तुत विधेयकको बारेमा छलफल गर्न चाहने सदस्यलाई तीन मिनेटको समय प्रदान गरिएको थियो । प्रस्तुत विधेयकमाथि सदस्यले उठाएको प्रश्नको जवाफ सम्बन्धित विषयका संयोजकले दिएका थिए । कतिपय बोल्ने सदस्यले सभाध्यक्षलाई ‘सभामुख’ भनेर सम्बोधनसमेत गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्