प्रचण्ड, नेपाल र खनालको देउवालाई फोन

काठमाडैँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले फोन गरेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि प्रचण्ड–नेपाल र उक्त समूहका नेता झलनाथ खनालले देउवालाई फोन गरी कुराकानी गरेका हुन् । मंगलबार बेलुकी प्रचण्ड–नेपाल र खनालको फोन आएको र तीनै जनासँग सभापति देउवाले कुराकानी गरेको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए । उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भन्नेमा नेकपाको प्रचण्ड–नेपाल पक्ष र कांग्रेसको ठहर थियो । यसबारे मंगलबार सर्वोच्चले प्रधानमन्त्री ओलीको कदम बदर गरिदिएपछि प्रचण्ड–नेपाल र खनालले फोन गरेर बधाइ साटासाट गरेका छन् ।

देउवाका सहयोगी भानु देउवाका अनुसार प्रतिनिधि सभा पुनर्स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने सभापति देउवाको कुराकानी भएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्